-सुवास श्रेष्ठ-

जन्म र प्रारम्भिक जीवन:
रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भारतको मुम्बईमा भएको थियो। उनी जमशेदजी टाटाद्वारा स्थापित प्रसिद्ध टाटा परिवारका सदस्य हुन्। तर, रतनको बाल्यकाल सजिलो थिएन। उनका आमा-बुवा १० वर्षको उमेरमा नै छुट्टिए, जसले उनको जीवनमा गहिरो प्रभाव पार्‍यो। त्यसपछि उनको पालनपोषण हजुरआमा नवजैबाई टाटाले गरिन्। रतन टाटाले भारतमा प्रारम्भिक शिक्षा लिएका थिए, त्यसपछि उनले अमेरिका गइ कर्नेल युनिभर्सिटीबाट आर्किटेक्चरमा डिग्री प्राप्त गरे। हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्राम पनि पूरा गरे।

व्यावसायिक यात्रा:
रतन टाटाले आफ्नो करिअर टाटा स्टिलमा एक सामान्य कर्मचारीका रूपमा सुरु गरे। १९९१ मा, टाटा समूहको अध्यक्ष बनेपछि, उनले कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याए। उनले टाटा मोटर्स, टाटा स्टील, टाटा टेलिकम, र टाटा टीजस्ता प्रतिष्ठानहरूमा महत्वपूर्ण परिवर्तनहरू गरे। रतन टाटाको नेतृत्वमा, टाटाले प्रतिष्ठित विदेशी कम्पनीहरू जस्तै ज्यागवर ल्याण्ड रोभर र कोरस स्टिल हासिल गर्‍यो। यो सफलताले भारतलाई विश्वभरि एक महत्त्वपूर्ण आर्थिक शक्ति बनाउन मद्दत गर्‍यो। अझ टाटालाई “भारतीय औद्योगिक दर्शनशास्त्री”उपनाम दिदा न्याय होला किनकी उनको भारतीय उधोग क्षेत्रमा क्रान्ति गर्न महत्त्वपूर्ण योगदान दिएको हुनाले पनि उनी सफल र सदा अविस्मरणीय रहने छ्न ।

प्रेम र निजी जीवन:
रतन टाटाले जीवनभर विवाह गरेनन्। उनले आफ्नो प्रेम जीवनको बारेमा कहिलेकाहीं चर्चा गरेका थिए, जहाँ उनले लस एन्जलसमा प्रेममा परेको र विवाहको योजना बनाएको खुलासा गरे। तर, भारत फर्कनुपर्ने र केही पारिवारिक कारणले गर्दा त्यो सम्बन्ध टुट्यो। यस घटनापछि उनले कहिल्यै विवाह नगर्ने निर्णय गरे। उनले धेरै पटक एक्लोपनको भावना रहेको तर आफ्नै जीवनशैलीप्रति सन्तुष्ट रहेको बताएका छन्।सन् १९६२ तिर रतन टाटाले कलेज सकेर अमेरिकी सहर लस एन्जलसमा जागिर गरिरहेका थिए। त्यस समय उनी एक युवतीसँग प्रेममा परे, जससँग उनको विवाहको तयारीसमेत भइरहेको थियो। विवाहका निम्ति कार्ड पनि छापिएको थियो, तर उनको हजुरआमाको स्वास्थ्य बिग्रिएका कारण रतनलाई भारत फर्कनु पर्ने भयो।

रतनको इच्छा थियो कि उनी विवाह हुन लागेकी प्रेमिकालाई भारत लिएर आउन्। तर, युवतीको परिवारले उनलाई भारत ल्याउने निर्णयलाई अस्वीकार गर्‍यो। यसै क्रममा, रतनको प्रेम सम्बन्ध अधूरै रह्यो। खर्बौँ सम्पत्तिका मालिक टाटाले विवाह गर्ने अवसर गुमाएपछि, जीवनभर अविवाहित नै रहे।

रतन टाटाले विवाह नगर्नुका कारण धेरैले विभिन्न तरिकाले व्याख्या गरेका छन्। उनका आमा-बुवा बीचको सम्बन्ध टुटेको थियो, जब उनी मात्र १० वर्षका थिए। यस घटनाले रतनको जीवनमा गहिरो प्रभाव पार्‍यो। त्यसपछि उनको रेखदेख र पालनपोषणको सम्पूर्ण जिम्मेवारी उनकी हजुरआमा नवजैबाई टाटाले लिइन्। नवजैबाईले रतनलाई सानो उमेरदेखि नै माया गरेर हुर्काएकी थिइन्। हजुरआमाप्रतिको यो भावनात्मक सम्बन्धकै कारण उनले आफ्नो प्रेम त्यागेर जीवनभर अविवाहित बस्ने निर्णय गरेका थिए।

रतन टाटाले आफ्ना निजी जीवनका बारेमा धेरै कुरा बाहिर ल्याएनन्। तर, उनको त्याग र हजुरआमाप्रतिको सम्मानले उनलाई सधैं स्मरणीय बनाउँछ।

समाजसेवा र परोपकार:
रतन टाटा व्यवसायिक रूपमा सफल मात्र होइन, समाजसेवामा पनि अग्रणी थिए। उनले टाटा ट्रस्टमार्फत शिक्षा, स्वास्थ्य, र सामाजिक विकासका क्षेत्रमा ठूलो योगदान पुर्‍याएका छन्। उनले क्यान्सर अस्पतालहरू निर्माणमा सहयोग गरेका छन्, र ग्रामीण विकासका लागि पनि धेरै कार्यक्रमहरू अघि सारेका छन्।

अन्तिम दिनहरू र निधन:
रतन टाटाको ८६ वर्षको उमेरमा, ९ अक्टोबर २०२४ मा निधन भयो। उनको निधनले भारतले एक महान उद्योगपति, समाजसेवी र दार्शनिक व्यक्तित्व गुमाएको छ।

रतन टाटाले आफ्नो व्यवसायिक जीवनमा जति ठूलो योगदान पुर्‍याए, त्यति नै व्यक्तिगत रूपमा सरल र मितव्ययी जीवन बिताए। उनी सदैव आफ्नो कम्पनी र देशको हितका लागि समर्पित रहे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय