काठमाडौं, असार १८ ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न गरेपछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि असार १८ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरी कम्पनीले कुल जारी पूँजीको ५९ प्रतिशत बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर सार्वजनिक निष्कासन गर्दैछ।आयोजना प्रभावित स्थानीय बासिन्दालाई ,वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र सामूहिक लगानी कोषका लागि छुटाएपछी बाकी रहेको अब बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ।
मेरो सेयर’ प्रणालीमा सक्रिय लगानीकर्ता संख्या झन्डै ५८ लाख पुगेको तथ्यांक छ भने यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि छिटोमा असार २२ गते बन्द हुनेछ। सो अवधिभित्र आवश्यक संख्या अनुसार आवेदन नपरेमा असार ३२ गतेसम्म आवेदन अवधि लम्बिन सक्ने कम्पनीले जानकारी दिएको छ।सर्वसाधारण लगानीकर्ताहरूले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय, तथा ‘मेरो सेयर’ एप प्रयोग गरी डिजिटल माध्यमबाट आवेदन दिन सक्नेछन्।







