काठमाडौं, असार १९
नेपाल राष्ट्र बैंकले बिहीबार (असार २० गते) लागू हुने विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा तोकिएको छ।
युरोपेली युरोको खरिददर १६० रुपैयाँ ९५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ भने बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।
अन्य मुख्य दरहरू यस प्रकार छन्ः
🔹 अस्ट्रेलियन डलर – खरिद: ८९.८४, बिक्री: ९०.२४
🔹 क्यानाडियन डलर – खरिद: १००.३१, बिक्री: १००.७५
🔹 जापानी येन (१०) – खरिद: ९.५०, बिक्री: ९.५५
🔹 चिनियाँ युआन – खरिद: १९.०९, बिक्री: १९.१७
🔹 साउदी रियाल – खरिद: ३६.४९, बिक्री: ३६.६५
🔹 कतारी रियाल – खरिद: ३७.५४, बिक्री: ३७.७१
🔹 यूएई दिराम – खरिद: ३७.२५, बिक्री: ३७.४२
🔹 मलेसियन रिङ्गेट – खरिद: ३२.३६, बिक्री: ३२.५०
🔹 साउथ कोरियन वन (१००) – खरिद: १०.०७, बिक्री: १०.११
🔹 स्विस फ्र्याङ्क – खरिद: १७२.६१, बिक्री: १७३.३७
🔹 स्विडिस क्रोनर – खरिद: १४.३८, बिक्री: १४.४४
🔹 डेनिस क्रोनर – खरिद: २१.५७, बिक्री: २१.६७
🔹 हङकङ डलर – खरिद: १७.४३, बिक्री: १७.५१
🔹 कुवेती दिनार – खरिद: ४४८.३१, बिक्री: ४५०.२८
🔹 बहराइन दिनार – खरिद: ३६२.९८, बिक्री: ३६४.५७
🔹 ओमानी रियाल – खरिद: ३५५.३९, बिक्री: ३५६.९५
🔹 भारतीय रुपैयाँ (१००) – खरिद: १६०.००, बिक्री: १६०.१५
राष्ट्र बैंकका अनुसार विनिमय दरमा आवश्यक परे जुनसुकै बेला संशोधन गर्न सकिनेछ। यसबाहेक वाणिज्य बैंकहरूद्वारा निर्धारण गरिने दर फरक हुन सक्ने र अद्यावधिक दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जानकारी दिइएको छ।







