काठमाडौं,  असार २४ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको स्पेन भ्रमण दलमा गएका मध्ये कोही नफर्किएको भन्ने हल्लाले संसददेखि सामाजिक सञ्जालसम्म बहसको नयाँ लहर ल्याएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले प्रतिनिधिसभामा प्रश्न उठाउँदै भनिन्, “प्रधानमन्त्रीज्यू, स्पेन भ्रमणमा गएकामध्ये को–को फर्केनन् भन्ने स्पष्ट जानकारी आउनुपर्छ।” उनका अनुसार सरकारको पारदर्शितामा प्रश्न उठ्ने अवस्था आइसकेको छ।

तर सो कुरा उठ्नासाथ प्रधानमन्त्रीको सचिवालयले कडा प्रतिक्रिया दिएको छ। सचिवालयको भनाइ थियो – “स्पेन गएकामध्ये को नफर्किएको हो नामसहित आउनुपर्छ। संसदलाई ‘फेसबुक गुरिल्ला’हरूका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउनु हुँदैन। सांसद सोबिता गौतमले संसदको समयको दुरुपयोग नगरून्।”  भ्रमणमा गएकामध्ये कसैले फर्किएका छैनन् भन्ने पुष्टि नभएको भन्दै एमालेका युवा नेता समिक बडालले सामाजिक सञ्जालमार्फत रास्वपामाथि धारिलो व्यंग्य कसेका छन्।
उनले लेखेका छन् –

“रास्वपाका ‘नैतिकता’का ठेकेदारहरू,
पहिला आफैंलाई हेर, सभापति स्वयं भिजिट भिसामा अमेरिका पसेर लुकेका इतिहास झ्यालबाट च्याउने हिम्मत गर।
कुन के मा थुक्यो, आफ्नै मुखमा छिटा परेको थाहा छैन,
अरूका श्रीमान–श्रीमतीको ब्यङ्ग्य गर्नेलाई सम्झाइदेऊ,
‘अर्काको बुढा र अर्काकी बुढीसँग बिहे नगर्ने भए रास्वपा हुने नै थिएन’ भन्ने चर्चा यूँकै लागि चलेको हो।
पहिला आफ्नो चरित्रको ऐना सफा गर, अनि मात्र अरूलाई देखाउने आँखा खोल।”

 

भिजिट भिसा प्रकरण सेलाउन नपाउँदै फेरि संसदमा उठेको यस विवादले असहज अवस्थामा परेको छ। सो पार्टीले सत्ता र सत्तापक्षप्रति लगातार प्रश्न उठाउँदै आएको भए पनि यसपटक उनीहरू आफैं नै आक्रोशको घेरामा तानिएका छन्।

यसैबीच माओवादी केन्द्रका केही नेताहरूले पनि भ्रमणमा पारदर्शिता नदेखिएको भन्दै आलोचना गरिरहेका छन्। संसदभित्र र बाहिर ओली सरकारमाथिको आलोचना बढिरहेको छ, तर आलोचकहरू आफैं विगतका आफ्ना कार्यशैली र ‘इतिहास’बाट उम्किन सक्ने स्थिति भने देखिँदैन।

यो मुद्दाले रास्वपा र एमालेबीचको टकरावलाई मात्र होइन, संसदमा प्रतिपक्ष र सत्तापक्षबीचको सम्बन्धलाई समेत तातेको छ। अब यो बहस अझ चर्कने देखिएको छ।

                                                               

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय