अष्ट्रेलियाको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन्।

डार्विनबाट सञ्जीव ढकाल (गोर्खाली), ब्रिजबेनबाट सन्तोष कुँवर र पर्थबाट भैरव प्रसाद ढकाल उम्मेदवार बनेका हुन्।उनीहरूले आ-आफ्ना एजेन्डा सार्वजनिक गर्दै एनआरएनए अष्ट्रेलियालाई व्यवस्थित, प्रभावशाली र समुदायमुखी बनाउने लक्ष्य प्रस्तुत गरेका छन्।

सन्तोष कुँवर – ब्रिजबेन

  • अष्ट्रेलियाका राज्य र संघीय सरकारबाट नेपाली समुदायका लागि २ मिलियन डलर अनुदान ल्याउने
  • एनआरएनए फाउन्डेसनमार्फत परोपकारी काम, बहुसांस्कृतिक कार्यक्रममा नेपाली उपस्थिति
  • उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप मेन्टरसिप कार्यक्रम सञ्चालन

सञ्जीव ढकाल (गोर्खाली) – डार्विन

  • एनआरएनए फाउन्डेसनलाई संस्थागत र सशक्त बनाउने
  • राज्यस्तरमा अनुदान र सहयोग जुटाउन विशेष टिम बनाउने
  • सन् २०२६ भित्र सामुदायिक भवनका लागि सरकारी जग्गा र संरचना सुनिश्चित गर्ने

भैरव ढकाल – पर्थ

  • एनआरएन अभियानमा एकता र विश्वास पुनःस्थापना गर्ने
  • एनआरएन बडापत्र र मूल्य–मान्यता स्थापित गर्दै एनआरएन नागरिकता कानुनको वकालत
  • नेपाल सरकारसँग व्यावहारिक र मापनयोग्य डायस्पोरा-मैत्री नीति सुनिश्चित गर्दै अष्ट्रेलियाली एनआरएनएको विश्वव्यापी प्रभाव विस्तार

यी तीन उम्मेदवारबीचको प्रतिस्पर्धाले अष्ट्रेलियामा रहेका नेपाली समुदायभित्र उत्सुकता र चासो बढाएको छ। उम्मेदवारहरूका एजेन्डा हेर्दा एनआरएनए अष्ट्रेलियाको आगामी नेतृत्वले महत्वपूर्ण मोड लिन सक्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय