काठमाडौं — शेयर बजारका ठूला कारोबारीमध्ये एक बजारमा सुनिने नाम दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका अग्रवाललाई तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो।
प्रहरीका अनुसार उनलाई सोमबार काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरिएको हो। पीडितले प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरेर उजुरी दिएका थिए। त्यसपछि काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको थियो।
“अग्रवालमाथि ठगी र विश्वासघात कसूर अन्तर्गत अनुसन्धान भइरहेको छ,” प्रहरी स्रोतले भन्यो, “छानबिनका लागि अदालतबाट ३ दिनको म्याद प्राप्त भएको छ।”
शेयर बजारमा ठूला लगानीकर्ता मानिने अग्रवालका बारेमा थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने श्रोतले जनाएको छ।







