काठमाडौँ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किङ्स र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन्।
गत विजेता जनकपुर बोल्ट्स लिग चरणमै बाहिरिएपछि यसपटक नयाँ च्याम्पियन टुंगिने भएको छ। सुदूरपश्चिमसहित तीन नयाँ टोली– काठमान्डु, विराटनगर र लुम्बिनी– पहिलो पटक उपाधि दौडमा छन्।
लुम्बिनी र विराटनगरले पहिलो पटक प्लेअफ स्थान बनाएका हुन् भने काठमान्डु पनि नयाँ प्लेअफ टोली हो। पोखरा, चितवन, कर्णाली र जनकपुर शीर्ष ४ बाहिरिए। ६ खेलमा एक जित मात्र निकालेको जनकपुर अंक तालिकाको पुछारमा छ र अन्तिम खेलमा कर्णालीसँग प्रतिष्ठा जोगाउने भिडन्त हुनेछ।







