बागमती मन्च ।

काठमाडौं — नेकपा एमालेको ११ औँ महाधिवेशन प्रतिनिधि निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ मा मन्त्री पराजित भएपनि पूर्व वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठले आफ्नो लोकप्रिय मत बल देखाएका छन्।

निर्वाचनमा काठमाडौ  क्षेत्र नं ४ मा ७२८ मत खसेको थियो। यसमा श्री कृष्ण श्रेष्ठले २४९ मत प्राप्त गरी खुल्ला क्लस्टरमा स्पष्ट लोकप्रियता देखाए उनी यस अघिका बूढानीलकण्ठ नगरपालिका वडा १३ का वडा अध्यक्ष पनि हुन । सुनिता गुरुङले महिला क्लस्टरमा ३४४ मत ल्याएर विजयी बनेकी छिन् त्यसैगरि बागमती प्रदेश कमिटी सदस्य तथा नगर कमिटी इन्चार्ज उद्धव खरेलले २१२ मत प्राप्त गरी प्रतिनिधि निर्वाचित भएका छन् भने युवा क्लस्टरमा वडा नं ११ का उपाध्यक्ष प्रकाश कटवालले २२१ मत लिएर विजयी भएका छन्।

महिला तर्फ काठमाण्डौ महानगरपालिका वडा नं ७ की सरस्वती कार्कीले १८३ मत लिएर प्रतिनिधि पदमा निर्वाचित भएकी छिन्। यसैबीच, बागमती प्रदेशका यातायात, श्रम तथा रोजगार मन्त्री जयराम थापाले २०१ मत मात्र पाएर पराजय भोग्नुपरेको छ। क्षेत्र ४ मा वर्तमान राजनैतिक चर्चा परिचर्चा बिच श्रेष्ठले प्राप्त गरेको लोकप्रिय मतले उनलाई आउँदा निर्वाचनमा नगरप्रमुख वा प्रदेशसभाको उम्मेदवारका लागि दरिलो टिकट पाउने आधार पनि बनेको चर्चा समेत चलेको छ ।

यद्यपि, बूढानीलकण्ठ एमाले वृत्तमा सस्थापन पक्ष र विपक्षीभन्दै सामाजिक संजालमा आरोप–प्रत्यारोप समेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय