काठमाडौँ । बागमती प्रदेशसभामा दलहरूको शक्ति–सन्तुलन फेरिएको छ। एकीकृत कम्युनिस्ट शक्तिहरूको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी २८ सिटसहित दोस्रो ठूलो दल बनेको छ।२०७९ मंसिर ४ को निर्वाचनअनुसार ३७ सिटसहित नेपाली कांग्रेस पहिलो दल रहेको छ भने एमाले २७ सिटसहित अब तेस्रो स्थानमा पुगेको छ।
बागमती प्रदेशमा ११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तह छन्। प्रदेशभर २३८ प्रमुख/उपप्रमुख पद छन्।
स्थानीय तहमा पनि नयाँ कम्युनिस्ट पार्टीले एमालेलाई उछिनेको देखिन्छ। कांग्रेसका १०८ प्रमुख/उपप्रमुख छन्। एमालेका ६० जनामध्ये माओवादीका ५७ र एकीकृत समाजवादीका ९ जना मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीका प्रमुख/उपप्रमुख ६६ पुगेका छन्।
एकीकरणसँगै प्रदेशदेखि स्थानीय तहसम्म बागमतीको राजनीतिक शक्ति संरचना पुनः परिभाषित भएको विश्लेषकहरूको अभिमत छ।







