बागमती मञ्च
भक्तपुर । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री पूजा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छन्। उनी आफ्ना दीर्घकालीन प्रेमी युद्ध बानियाँसँग विवाहबद्ध भएकी हुन्।
शनिबार भक्तपुरको साँगास्थित एक पाँचतारे होटलमा दुवैको विवाह समारोह सम्पन्न भयो। नजिकका आफन्त, परिवारका सदस्य र छर–छिमेकको सीमित उपस्थितिमा वैवाहिक कार्यक्रम गराइएको थियो।
पूजा र युद्धबीच करिब ६ वर्षदेखि प्रेम सम्बन्ध थियो। लामो समयको साथ–साथी र विश्वासपछि उनीहरू विवाह बन्धनमा पुगेका हुन्। दुवैले ललितपुर झम्सिखेलमा ‘ट्याग’ नामको रेस्टुरेन्ट समेत संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन्।
चलचित्र “प्रेमगित” लगायतका सफल फिल्मबाट लोकप्रिय बनेकी पूजा शर्माले व्यक्तिगत जीवनको नयाँ अध्याय सुरु गरेपछि नेपाली फिल्म जगत र शुभचिन्तकहरूले दुवैलाई शुभकामना दिएका छन् भने हाम्रो तर्फबाट पनि शुभकामना व्यक्त गर्दछौ।







