काठमाडौं: दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसहितकाे टाेली बाँके जाने भएका छन्। मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमूख डा कृष्ण पौडेलकाे टोली नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास  फैलिएको दादुरा महामारी क्षेत्रकाे अवलाेकनका लागि आज बाँके जाने मन्त्रालयका योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले बताए।

उनले भने, ‘मन्त्रीसहित हामी दादुरा आउट ब्रेक भएको बाँकेको विभिन्न क्षेत्र जना लागेका हौँ। हामीले दादुरा नियन्त्रण छिटो गर्न अझै के गर्न सकिन्छ भनेर छलफल समेत गर्छौँ। महानिर्देशक डा सिंह भने बाँके पुगिसक्नु भएको छ।’गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमणबाट २४६ जना बालबालिका संक्रमित भइसकेका छन् भने १ जनाकाे मृत्यु समेत भइसकेको छ। गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमण पछिल्लो समय,नरैनापुर,कोहलपुरसम्म पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।साउन १२ गतेदेखि फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न हाल महामारीलक्षित खोप कार्यक्रम तीव्र पारिएको समेत जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि दादुरा-रूबेलाविरूद्धको खोप अभियान शुरू गरिएको छ। हाल नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्र बनाइ ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई तीव्र रूपमा खोप लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय