काठमाडौं, भदौ ११ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सार्वजनिक कार्यक्रममा नाराबाजी चर्किएपछि आफ्नो आक्रोश व्यक्त गरेको छ ।  राजधानीमा आयोजित कार्यक्रममा देउवाले सम्बोधन गर्दैगर्दा दर्शकदीर्घाबाट नाराबाजी चर्को भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सुरुमा संयमित हुँदै, “जति कराउनु छ, तपाईंहरू कराउनुस्,” भने। तर, नाराबाजी अझै चर्किँदा देउवाको धैर्य सकियो र उनले औँला ठड्याउँदै भने, “लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने? लाज नभएकाहरू, बदमासहरू।”

देउवाको आक्रोशपूर्ण प्रतिक्रियाले कार्यक्रममा केही समयका लागि तनावपूर्ण स्थिति सिर्जना भयो। यसअघि पनि राजनीतिक कार्यक्रमहरूमा नाराबाजीले कार्यक्रमहरू बिथोलिने गरेको थियो, तर देउवाको यस्तो स्पष्ट र कडा प्रतिवाद बिरलै देखिने गरेको छ।

कार्यक्रमको अन्त्यतिर स्थिति केही शान्त भए पनि देउवाको उक्त टिप्पणीले राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया उत्पन्न गरेको छ। केहीले यसलाई नेता देउवाको आक्रोशको स्वाभाविक प्रतिक्रिया भनेका छन् भने केहीले राजनीतिक नेताहरूले जनताको आवाजलाई ध्यान दिनुपर्ने तर्क गरेका छन्।

(लेखक: सुवास श्रेष्ठ, काठमाडौं)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय