अन्तर्राष्ट्रिय //

स्पेन । दक्षिण स्पेनमा तीव्र गतिको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका ३० जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको स्पेनका यातायातमन्त्री अस्कर पोएन्टेले जानकारी दिए। आपत्कालीन सेवासम्बन्धी अधिकारीहरूका अनुसार दुर्घटनामा कुल ७३ जना घाइते भएका छन्।

रेल्वे सञ्जाल सञ्चालक अडिफका अनुसार मालेगाबाट मड्रिडतर्फ गइरहेको उच्च गतिको रेल एडामुस नगर नजिकै ट्र्याकबाट उछिट्टिएर अर्को ट्र्याकमा पुगेको थियो। सो क्रममा उक्त रेल मड्रिडबाट ह्युएल्भातर्फ गइरहेको अर्को रेलसँग ठोक्किन पुगेको जनाइएको छ।

घटनाबारे प्रतिक्रिया दिँदै मन्त्री पोएन्टेले एउटा ट्र्याकबाट अर्को ट्र्याकमा रेल पुग्नु “एकदमै विचित्र” रहेको बताए। उनका अनुसार दुर्घटना भएको ट्र्याक गत वर्षको मे महिनामै पुनर्निर्माण गरिएको थियो।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।

                                   स्रोत:बिबिसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय