दोलखा  // आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दोलखाबाट विशाल खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा उम्मेदवार चयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पार्टीको केन्द्रीय नेतृत्व र जिल्ला कमिटीको संयुक्त छलफलपछि खड्कालाई उम्मेदवार बनाइएको हो। पार्टी स्रोतका अनुसार संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र विकास निर्माणका मुद्दामा खड्काको भूमिका प्रभावकारी देखिएकाले उनलाई अघि सारिएको हो।

खड्काले जेनजी आन्दोलनपछि जिल्लामा देखिएको राजनीतिक रिक्तता पूर्ति गर्ने साझा उम्मेदवार आफू भएको बताएका छन्। पार्टीभित्र कुनै आन्तरिक विवाद नरहेको र उम्मेदवार छनोट सर्वसम्मत भएको उनको भनाइ छ।

प्रदेशसभा सदस्य हुँदै मन्त्रीसमेत भइसकेका खड्काको प्रशासनिक अनुभव र जिल्लामा रहेको राजनीतिक पकडलाई यस निर्वाचनमा निर्णायक मानिएको छ। उनले दोलखाको दिगो विकास, सुशासन र नागरिक अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय