काठमाडौ ।  नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती गर्ने भएको छ।

महाराजगञ्ज वितरण केन्द्र मातहत राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने क्रममा प्राविधिक उपकरण जडान गर्नुपर्ने भएकाले कटौती गर्न लागिएको हो।

यस क्रममा लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताल, राष्ट्रपति भवन, प्रहरी अस्पताल, बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्रमा बिजुली अवरुद्ध हुनेछ। प्राधिकरणले असुविधाप्रति क्षमा माग्दै काम समयअघि सकिएमा बिजुली छिट्टै सुचारु हुने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय